काठमाडाैं । राष्ट्रिय सभा सदस्य गाेपाल भट्टराईले एक क्विन्टल सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे नाम जाेडिएकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् भट्टराईले सुन प्रकरणमा गृहमन्त्री श्रेष्ठ र पूर्व सभामुख कृष्णबहादुर महराको नाम समेत जाेडिएकाे बताउनुभयाे । देशकाे गतिविधि देख्दा सुन तस्करहरूले राज्य सञ्चालनमै हस्तक्षेप गरिरहेको आभास भइरहेकाे समेत उहाँले बताउनुभयाे ।
जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएकाे भन्दै सांसद् भट्टराघले चिन्ता व्यक्त गर्नुभयाे । 'हाम्रो देशमा तस्करहरूले राज्य संचालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको छ, बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थालेजस्तो देखिएको छ, पावरमा भएकाहरू जोडिँदा समेत छानबिन भएको छैन, जनताको ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था देखिएको छ, भर्खरै समातिएको करिब एक क्विन्टल सुनको बारेमा पूर्व सभामुख र गृहमन्त्रीको समेत नाम जोडिएर समाचारहरू आएका छन्'- उहाँले भन्नुभयाे ।
गृहमन्त्रीकै नाम जाेडिनुले निष्पक्ष छानबिनमा आशंका उत्पन्न भएकाे समे सांसद् भट्टराईले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'सुन भित्र्याउँदा मोटरसाइकल र स्कुटरको ब्रेकसू भनेर भन्सार छली भएको छ, यो एक-डेढ महिना यही प्रक्रियाबाट ४-५ भित्रिएको भन्ने सुनिएको छ, अब निष्पक्ष छानबिन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन, तैपनि हेर्न बाँकी छ ।'
