काठमाडाैं । राष्ट्रिय सभाले विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएकाे छ ।
बिहीबार बसेकाे राष्ट्रिय सभा बैठकले साे विधेयकलाई व्यवस्थापन समितिमा पठाएकाे हाे ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयाेस् भनि प्रस्ताव पेस गर्नुभएकाे थियाे ।
त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले साे प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै समितिमा पठाइयाेस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएकाे घाेषणा गर्नुभयाे ।
राष्ट्रिय सभाको अर्को बैठक यही साउन ११ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी स्थगित भएकाे छ ।
