काठमाडौं । प्रतिनिधि सभाकाे कानुन न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंग्याउन उपसमितिको म्याद थपेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले बेपत्ता पारिएका व्यक्तिकाे छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयाेग एेनलाई संशाेधन गर्न बनेकाे (टीआरसी) विधेयकलाई टुंगाेमा पुर्याउन उपसमितिको म्याद १५ दिन थप्ने निर्णय गरेको हो ।
गत ५ जेठमा टिआरसी विधेयकमा दफावार छलफल गरी प्रतिवेदन बुझाउने गरी २१ दिनको समय दिएर ११ सदस्यीय उपसमिति गठन गरेको थियो । टीआरसी विधेयकमा संशोधनकर्ता, सरोकारवालासँग छलफल गरिसकेको र प्रतिवेदन तयार गर्न बाँकी रहेकाले म्याद थप गर्न उपसमितिले आग्रह गरेको थियो ।
