काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले मुलुकमा राजनीतिक उपलब्धि भएपनि जनताले सुशासनको अनुभूति गर्न पायो-पाएन भन्ने कुरा महत्वपपूर्ण रहेको बताउनुभएकाे छ ।
शुक्रबार संघीय संसद् सचिवालयले काठमाडौंकाे आयोजना गरेको संघीय संसद् र प्रदेश सभाको अनुभव आदानप्रदान एवं अन्तरक्रिया उहाँले संविधान बनेपछि पनि संघीयता चाहिँदैन भन्ने आवाज उठिरहेका बेला संघीयता पक्षधरले यसको महत्व उजागर गर्नुपर्ने बताउनुभयाे । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले व्यहारबाटै यसको महत्व पुष्टि गर्नुपर्ने बताउनुभयाे ।
संसद् प्रभावकारी बनाउनका लागि सभा सञ्चालन गर्नेले निष्पक्षतामा ध्यान दिनुपर्ने र सांसद्हरुले पनि सिर्जनात्मक भएर प्रस्तुत हुनुपर्ने राष्ट्रिय उहाँकाे सुझाव छ । सम्बन्धित निकायमा बसेकाहरुले जिम्मेवारपूर्वक काम गर्न सके जनताको विश्वास जित्न सकिने र समर्थन पाउन सकिने कुरा भूल्न नहुने अध्यक्ष तिमिल्सिनाले बताउनुभयाे ।
