काठमाडौं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
साेमबार स्थगित भएकाे बैठक आज दिउँसाे संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्न लागेकाे हाे ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडान राखेपछि साेमबारकाे बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । एमालेले सुन तस्करी काण्डको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको छ ।
