काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापतित्व गरिरहेका जेष्ठ सांसद चित्रबहादुर केसीले अहिलेको सत्ता पक्ष लुटपाट र भ्रष्टाचारमा लागेको बताउनुभएकाे छ ।
शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको समितिको आन्तरिक कार्यविधि, २०८०को सम्बन्धको छलफलमा सभापति केसीले यसरी राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेपछि अहिलेको नेपालको स्थिति धेरै नै गम्भीर रहेको बताउनुभयाे ।
'अहिलेको नेपालको स्थिति धेरै नै गम्भीर रहेको छ, राज्यसत्तानै लुटपाट र भ्रष्टाचारमा लागेपछि गर्नुहुन्छ के ? कुन व्यक्ति भन्दा पनि सत्ता नै लुटपाटमा लागेपछि गाह्राे छ । तर हरेस खानुहुन्न’ उहाँले भन्नुभयाे ।
