काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक साउन २४ गतेसम्मका लागि स्थगित भएकाे छ ।
साेमबारकाे बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवराेध गरेपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले साउन २४ गते बुधबार १ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गर्नुभएकाे हाे ।
सुन तस्करी काण्डकाे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिकाे माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले आज बसेको राष्ट्रियसभाको बैठक अवरोध गरेको हो ।
