काठमाडौं । प्रतिनिधि सभाकाे बैठक सारिएकाे छ ।
आज दिउँसाे १ बजेका लागि बाेलाइएकाे प्रतिनिधि सभा बैठक अपरान्ह ४ बजेका लागि सारिएको संसद् सचिवालयले जनाएकाे छ ।
सदनकाे गतिराेध हटाउने विषयमा सभामुख देवराज घिमिरे र प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच भएकाे छलफल निष्कर्षमा पुग्न नसकेपछि प्रतिनिधि सभा बैठक सारिएकाे हाे ।
सभामुखसहित शीर्ष नेताकाे बैठक आजै दिउँसाे साढे ३ बजे बस्नेगरी बिनानिष्कर्ष सकिएकाे छ ।
