काठमाडाैं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा बैठक र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधयेक प्रमाणीकरण सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ ।
उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनुहुने सम्भावित कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधि सभा सदस्य श्री टोपबहादुर रायमाझी निलम्बन हुनुभएको जानकारी गराउनुहुनेछ ।
राष्ट्रिय सभा बैठकमा आज राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएकोबारे पत्र जानकारी गराउने कार्यसूची छ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरुका अध्ययन प्रतिवेदन २०८० सभा समक्ष पेस गर्नुहुनेछ ।
