काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बोलाइएको छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएको छ । आजको बैठक पनि चल्ने सम्भावना न्यून छ ।
सदन खुलाउने बारे आज राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख देवराज घिमिरेसँग छलफल गर्दै हुनुहुन्छ । यस विषयमा पौडेलले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेट्नु भएको थियो ।
