काठमाडौं । राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासेले लामो समयदेखि संसद् अवरुद्ध हुँदा जनताका आवाज बन्द भएका बनाउनुभएको छ ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै बेलबासेले संसद् अवरुद्ध गरेर जनताको आवाज अवरुद्ध गर्ने काम गरिएको बताउनुभयो । ‘हामी जनता प्रति उत्तरदायी हुन सकेको छैनौँ, सरकार प्रति उत्तरदायी हुन सकेका छैनौँ’, उहाँले भन्नुभयो ।
उहाँले विरोधको तरिका बदल्न आग्रह गर्नुभयो । विरोधको लागि संवाद अवरुद्ध गर्नु नहुने उहाँले बताउनुभयो ।
निरन्तर सदन अवरुद्ध गर्ने प्रतिपक्षलाई सच्चिन उहाँले आग्रह गर्नुभयो । अहिले सरकाले राम्रो काम गरेकोले विरोध गर्नुको कुनै तुक नभएको भन्दै उहाँले सरकारको समर्थन गर्न प्रतिपक्षलाई आग्रह गर्नुभयो ।
देशका विभिन्न ठाउँमा गएको बाढी पहिरोले क्षति पुगेको, लम्पि स्किनको कारण पशु बस्तु मरेका, महँगी बढेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
