काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्र देवले लामो समयसम्म संसद् अवरुद्ध भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसद् अवरुद्ध गर्ने घटनामा एक्लिँदै गएको उहाँले बताउनुभयो । उहाँले एमालेले के अभिष्ठ पूरा गर्नको लागि संसद् अवरुद्ध गर्दै छ ? भन्दै प्रश्न गर्नुभयो ।
नेपालमा अहिले राजनीतिक स्थिरता रहेको पनि उहाँले दाबी गर्नुभयो । गठबन्धनको सरकारले पाँच वर्षसम्म काम गर्ने उहाँले बताउनुभयो । पाँच वर्षसम्म गठबन्धन दायाँ बायाँ नहुने उहाँले बताउनुभयो । ‘गठबन्धनको सरकार छ, पाँच वर्ष चल्ने कुरामा कुनै शंका छैन’, उहाँले भन्नुभयो ।
वर्तमान गठबन्धन सरकारले ल्याएको बजेट देशको अहिलेसम्मको उत्कृष्ट बजेट भएको उहाँले दाबी गर्नुभयो । आर्थिक विकार, स्थिरता स सुशासनमा अहिलेको गठबन्धन सरकार अब्बल भएको उहाँले दाबी गर्नुभयो ।
