काठमाडौं । प्रतिनिधि सभाकाे बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएकाे छ ।
कार्यसूचीमै प्रवेश नगरी शुक्रबारकाे बैठक साउन २९ गते सम्मका लागि स्थगित गरिएकाे हाे । बैठक सुरु हुनासाथ प्रतिपक्ष र सत्तापक्षका सांसद्ले उभिएर अवराेध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएकाे हाे ।
आजकाे बैठकको सुरु हुनासाथ एमाले सांसद्हरुले विराेध जनाए । त्यसपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिनुभएकाे थियाे ।
साहलाई बोल्न दिएपछि सत्तापक्षका सांसद्हरु पनि उभिएर विराेध गरे । हाेहल्लाबीच साहले बाेल्नुभयाे । सांसद् साहले बाेल्नासाथ एमाले सांसद्ले राेष्ट्रम अगाडि उभिएर नाराबाजी गरे ।
सभामुख घिमिरेले सभाकाे अवराेध हटाएर बैठक सञ्चालन गर्न अनुराेध गर्नुभयाे । तर एमालेकाे सांसद्काे नाराबाजी र सत्तापक्षकाे विराेध जारी रहेपछि सभामुखले कार्यसूचीका सबै कार्यक्रम हटाइएकाे र बैठक स्थगित गरिएकाे घाेषणा गर्नुभयाे ।
