काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकका लागि विभिन्न कार्यसूची तय गरिएकाे संसद् सचिवालयले जनाएकाे छ ।
सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति गठनलाई लिएर साउन १० गतेदेखि सदन अवरुद्ध छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले समिति गठन गर्नुपर्ने अडानमा छ । तर सत्तापक्षले समिति गठन गर्न नहुने बताउँदै आएकाे छ । कांग्रेसका केही सांसद्ले पनि उच्चस्तरीय छानबिन बनाउनुपर्ने बताएका छन् ।
साउन २४ गते र २६ गतेको बैठक सुरु भएपछि एमालेले बैठक अवरोध गरेको थियो । समिति बनाउने विषयमा प्रमुख ३ दलबीच सहमति नजुटेपछि २२ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।
साउन २३ गतेकाे प्रतिनिधि सभा बैठकमा सय किलाे सुन तस्करी काण्डकाे विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएकाे जवाफप्रति असन्तुष्टि जनाउँदै एमालेले बैठक अवरुद्ध गरेकाे थियाे ।
एमालेले आइतबार विशेष पत्रकार सम्मेलन गरी समिति बनाउनुपर्ने अडान कायमै राखेकाे छ । पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले यस्ताे अवस्थामा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा गर्नुपर्ने र गृहमन्त्री र अर्थमन्त्रीले त पदमा बस्न पनि अप्ठेराे मान्नुपर्ने समेत बताउनुभएकाे थियाे । त्यसकारण आजकाे बैठक पनि अघि बढ्न सक्ने सम्भावना निक्कै कम छ ।
हेर्नुस् बैठककाे कार्यसूची :
