काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक भदाै ३ गतेसम्मका लागि स्थगित भएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएकाे हाे । सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति गठनकाे माग गर्दै एमाले सांसद्हरूले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाएर प्रतिनिधि सभा बैठक भदौ ३ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि बैठककाे सुरुमा नेपाली कांग्रेसका सांसद् सुनिल शर्माले बाेल्नुभएकाे थियाे । उहाँले सुन गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए सदनमै अनसन बस्ने चेतावनी दिनुभयाे ।
त्यसपछि एमालेका सांसद् मानवीर राईले बाेल्नुभयाे । राईले बाेलेकै बेला सत्तापक्षका सांसद्ले हाेहल्ला गरेका थिए ।
राईले बाेल्दै गर्दा सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बाेल्न समय दिनुभयाे । पाण्डेले शर्माले बाेलेकाे आतंककारी शब्द रेकर्डबाट हटाउनुपर्ने भन्दै नियमापत्ति जनाउनुभएकाे थियाे । तर सभामुख घिमिरेले भने त्याे नियमापत्ति नभएर प्रतिवाद भएकाे बताउनुभयाे ।
