काठमाडौं । बुधबारका लागि बाेलाइएकाे राष्ट्रिय सभा बैठक सरेको छ ।
बुधबारदिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक भदौ ५ गते मंगलबार दिउँसो १ बजेर १ मिनेटका लागि सारिएको संघीय संसद् सचिवालयले मंगलबार सूचनामार्फत जानकारी दिएकाे छ ।
सत्तापक्ष र प्रमुख प्रतिपक्षको आग्रहमा बैठक सारिएकाे सूचनामा उल्लेख छ । 'राष्ट्रिय सभाको बैठक उक्त दिन र समयमा नराख सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलले आग्रह गरेकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल भदौ ५ गते मंगलबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ'- सूचनामा लेखिएकाे छ ।
