काठमाडौं । आज संघीय संसद्का तीन वटा समितिको बैठक बस्दै छ ।
संघीय संसद्को सार्वजनिक लेखा समिति, दिगो विकास तथा सुशासन समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्ने छ । त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ः३० बजेका लागि बोलाइएको छ भने सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ ।
