काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले काेशीमा सहमतिकाे सरकार आवश्यक रहेकाे बताउनुभएकाे छ ।
साेमबार बसेकाे प्रदेश सभा बैठकमा आफूले पेस गरेकाे विश्वासकाे मत माग्ने प्रस्तावमाथिकाे छलफलमा सांसद्ले उठाएका जिज्ञासाकाे जवाफ दिँलै मुख्यमन्त्री कार्कीले काेशी प्रदेशमा सहमतीय सरकारका लागि आफू तयार रहेकाे बताउनुभयाे ।
आफूले यसअघि सहमतिकाे सरकारका लागि प्रयास गरेपनि सफल हुन नसकेकाे समेत उहाँले बताउनुभयाे । सहमतिकाे सरकारका लागि प्रमुख प्रतिपक्षी एमालेसँगै राप्रपा सँग पनि आफूले कुरा गरेकाे भन्दै मुख्यमन्त्री थापाले राप्रपाले आलोपालोमा मुख्यमन्त्री र सभामुख पनि लिन नमानेकाे खुलासा गर्नुभयाे ।
मुख्यमन्त्री थापाले विश्वासकाे मत दिन प्रमुख प्रतिपक्षी नेकपा एमाले र राप्रपाका सांसद्लाई आग्रह गर्नुभयाे ।
प्रदेशमा सरकारबिहीनताकाे अवस्था नआओस् भनेर नै तत्कालीन सभामुख बाबुराम गाैतमलाई प्रयाेग गरेर बहुमत पुर्याइएकाे समेत उहाँले बताउनुभयाे ।
