काठमाडाैं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे ३ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनुहुनेछ । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउनुहुनेछ ।
सभामुख घिमिरेले प्रतिनिधि सभाकाे विषयगत समितिमा सदस्यहरुकाे नाम हेरफेर गर्नुहुने सम्भावित कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
हेर्नुस् कार्यसूची :
