काठमाडौं । प्रतिनिधि सभाको विषयगत समितिको सभापतिको निर्वाचन भदाै ११ गते हुने भएको छ ।
सभामुख देवराज घिमिरेको कार्यकक्ष सिंहदरबारमा बिहीबार बसेकाे प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक-सचेतकहरूको बैठकले भदौ ११ गते १० वटै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।
चुनावका लागि भदौ १० गतेदेखि नै प्रक्रिया सुरु हुने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयाे । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिहीबारको बैठकमा निर्वाचनको कार्यतालिका प्रस्तुत गर्नुहुनेछ ।
सभापतिहरू चयन नहुँदा प्रतिनिधि सभाका ११ समितिका बैठक अहिलेसम्म जेष्ठ सदस्यको नेतृत्वमा बसिरहेका थिए ।
