काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी दलले सरकारको खोजी गरेको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा सरकारका कुनै मन्त्री पनि उपस्थित नभएपछि एमालेले नियमापत्ति जनाएको हो । बैठकमा सांसद् सूर्य थापाले उठेर नियमापत्ति जनाउनुभएको थियो । ‘यो सरकार हरायो सभामुख महोदय, सरकारको खोजी गरिपाऊँ, मन्त्रीहरू बेगर यो सदनको कारबाही अगाडि बढ्न सक्दैन’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री र २५ जना मन्त्री मध्ये कुनै पनि मन्त्री बैठकमा नदेखिनु संसद् माथिको घोर अपमान भएको उहाँले बताउनुभयो । थापाले बोलिसक्ने बित्तिकै एक जना मन्त्री बैठकमा भित्रनुभएकोले बैठक सुचारु भएको थियो ।
