काठमाडाैं । नेकपा एमालेका सांसद् प्रेमबहादुर महर्जनले देशभर सयाैं बालबालिका बेपत्ता हुँदा पनि राज्यले खाेजीका लागि पहल नगरेकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् महर्जनले हराएका-बेपत्ता भएका बालबालिकाकाे खाेजी गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
राष्ट्रिय बाल अधिकार परिसर ललितपुरकाे आर्थिक वर्ष २०७९-०८० काे तथ्याकं अनुसार देशभर १६०१ बालक र ४२२५ बालिका गरेर कुल ५८२६ बालबालिका हराएकामा ५१५० बालबालिका मात्रै फेला परकाे तथ्यांक रहेकाे उहाँले बताउनुभयाे । हराएकामध्ये ६ सय ७६ बालबालिका अझै बेपत्ता रहेका भन्दै सांसद् महर्जनले तत्काल खाेजी गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
सांसद् महर्जनले आफ्नाे ललितपुर क्षेत्र नम्बर-२ काे ललितपुर-९ मा बस्ने उदयपुरकी मकै पाेलेर गुजारा चलाउँदै आएकी गाेमा कार्कीका १२ वर्षीय छाेरा २ महिनादेखि सम्पर्कबिहीन रहेका भन्दै उहाँले यति धेरै बालबालिका बेपत्ता हुँदा पनि सरकारले कुनै चासाे नदिएकाे बताउनुभयाे । उहाँले प्रश्न गर्नुभयाे - 'यति धेरै बेपत्ता बालबालिकालाई राज्यले किन खाेजी नगरेकाे ? याे गम्भीर विषयमा प्रहरी मात्रै उत्तरदायी हुने हाे कि राज्यले पनि केही कदम चाल्ने हाे ? म माननीय गृहमन्त्री र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीकाे ध्यानाकर्षण गराउन चाहान्छु ।
