काठमाडाैं । भदाै १२ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रश्नाेत्तर कार्यक्रमका लागि भदाै १२ गतेकाे समय तय गरिएकाे जानकारी दिनुभएकाे हाे ।
यस पटकको प्रश्नोत्तर कार्यक्रममा समूह २ मा रहेका सांसद्हरुले प्रश्न सोध्न पाउने सभामुख घिमिरेले बताउनुभयाे । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोध्ने प्रश्न भदौ ८ गते शुक्रबार दिउँसो ३ बजेभित्रमा प्रतिनिधि सभाका सचिवसमक्ष लिखित रूपमा दिन पनि सभामुखले आग्रह गर्नुभयाे ।
प्रतिनिधि सभा नियमावली अनुसार प्रत्येक महिनाकाे पहिलाे र तेस्राे साताकाे बैठकमा प्रधानमन्त्रीसँग प्रश्नाेत्तर हुने गर्छ ।
प्रधानमन्त्रीलाई प्रश्न साेध्ने सांसद्ले स्पष्टिकरण लिन भने नपाउने व्यवस्था छ । प्रधानमन्त्रीलाई सोध्ने प्रश्न पहिला नै सांसद्ले टिपाउनुपर्ने प्रावधान पनि नियमावलीमा राखिएकाे छ ।
