काठमाडाैं । प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिका सभापतिकाे चुनाव भदाै ११ गते हुने भएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समितिका सभापतिको चुनावका लागि भदौ ११ गते दिउँसो ३ः०० बजेकाे समय ताेकेकाे जानकारी गराउनुभयो ।
चुनावका लागि सूचना प्रकाशित गर्न उहाँले प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन दिनुभयाे ।
प्रतिनिधि सभाकाे बैठक भदाै १२ गतेसम्मका लागि स्थगित भएकाे छ ।
