काठमाडाैं । प्रतिनिधि सभामा निर्वाचन आयाेग नेपालकाे वार्षिक प्रतिवेदन पेस भएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले निर्वाचन आयोग नेपालको पन्ध्रौ वार्षिक प्रतिवेदन २०७७-७८ तथा सोहौं प्रतिवेदन २०७८-७९ पेस गर्नुभएकाे हाे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे तर्फबाट मन्त्री गुरुङले साे प्रतिवेदन पेस गर्नुभएकाे हाे ।
