काठमाडौं । राष्ट्रिय सभाकाे बैठक बस्दैछ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्यहोरा पढेर सुनाउनुहुनेछ । उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउनुहुनेछ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरुको अध्ययन प्रतिवेदन, २०८० पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
बैठकमा बाधा अडकाउ फुकाउ आदेश पेस हुने छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेस गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
