काठमाडाैं । सत्ता गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई प्रतिनिधि सभाकाे एउटा समितिको नेतृत्व दिने भएको छ ।
आइतबार बसेकाे सत्तारुढ दलका प्रमुख सचेतकसहितकाे बैठकले प्रतिनिधि सभाकाे पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिने निर्णय गरेकाे हाे ।
काेशीमा सत्ता गठबन्धनलाई सहयाेग गरिदिने शर्तमा गठबन्धनले राप्रपालाई समितिकाे सभापति दिएकाे बताइएकाे छ ।
साे समितिकाे सभापति माओवादी सांसद् माधव सापकाेटा हुने तय थियाे । तर काेशीमा सत्ता गठबन्धनकाे सरकार बनाउन र टिकाउनका लागि गठबन्धनले सापकाेटालाई फिर्ता बाेलाएर राप्रपालाई समितिकाे सभापति दिएकाे हाे ।
राप्रपाले पूर्वाधार विकास समितिमा दीपक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ । सिंह मकवानपुरबाट निर्वाचित सांसद् हुनुहुन्छ ।
