काठमाडौं । प्रतिनिधि सभाकाे सार्वजनिक लेखा समितिकाे सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् ऋषिकेश पोखरेल उम्मेदवारी दर्ता गर्नुभएकाे छ ।
प्रतिनिधि सभाकाे महिला समिति सभापतिमा एमालेका किरण साहले उम्मेदवारी दर्ता गर्नुभएकाे छ । पाेखरेल र साहले आइतबार उम्मेदवारी दर्ता गर्नुभएकाे हाे ।
समितिको सभापति चयनका लागि सोमबार मतदान हुने कार्यक्रम छ । सत्ता र प्रतिपक्षको भागबण्डाबाटै समिति नेतृत्त्व चयन गर्न लागिएकाले उहाँहरु निर्विरोध निर्वाचित हुनुहुनेछ ।
