काठमाडौं । संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० राष्ट्रिय सभामा पेस गरिएको छ ।
राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा विधायक व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले सो प्रतिवेदन पेस गर्नुभएकाे हाे ।
उहाँले विधायक व्यवस्थापन समितिको निर्देशन, सुझाव कार्यान्वयनको अनुगमन तथा मूल्यांकन अध्ययन प्रतिवेदन, २०८० पनि सभामा पेस गर्नुभयाे ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ १८ गते बस्नेगरी स्थगित भएकाे छ ।
