काठमाडाैं । प्रतिनिधि सभाकाे उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिमा उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछि हटेको छ ।
रास्वपाका सांसद् गणेश पराजुलीले साे समितिकाे सभापतिका लागि दिएको उम्मेदवारी फिर्ता लिनुभएकाे छ । सांसद् पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि जनमत पार्टीका सांसद् अब्दुल खान समिति सभापतिमा निर्विरोध निर्वाचित हुनुभएकाे छ ।
