काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका विषयगत संसदीय समितिका १० सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
निर्विराेध निर्वाचित भएका नवनिर्वाचित १० वटै समितिका सभापतिहरूले साेमबार शपथ लिएका हुन् । सिंहदरबारमा आयाेजित कार्यक्रममा सभामुख देवराज घिमिरेले नवनिर्वाचित सभापतिहरूलाई शपथ गराउनुभएकाे हाे ।
हिजो मनोनयन दर्ता गराएका सबै संसदीय समितिका सभापति साेमबार निर्विरोध निर्वाचित भएका हुन् ।
दलहरुबीच भएकाे भागबण्डा अनुसार नेपाली कांग्रेसले ३ वटा, नेकपा एमालेले २, माओवादी केन्द्र, जसपा, जनमत, एकीकृत समाजवादी र राप्रपाले १-१ समितिकाे सभापति पाएका छन् ।
काेशीमा सघाउने शर्तमा गठबन्धनले राप्रपालाई पूर्वाधार विकास समितिको सभापति दिएकाे थियाे । जसअनुसार दीपक सिंह सभापतिमा निर्वाचित हुनुभएकाे छ ।
उद्योग समितिमा रास्वपाका गणेश पराजुलीले आइतबार उम्मेदवारी दर्ता गराए पनि सोमबार उहाँले मनोनयन फिर्ता लिएका थियाे । पराजुलीको उम्मेदवारी फिर्तासँगै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित हुनुभयाे ।
हेर्नुस् तस्विर:
तस्विर: सभामुखकाे सचिवालय
