काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतका समितिका नवनिर्वाचित सभापतिहरुसँग छलफल गर्नुभएकाे छ ।
बुधबार सिंहदरबारमा भएकाे छलफलमा सभामुख घिमिरेले प्रभावकारी ढंगले काम गर्न समितिका सभापतिहरुलाई निर्देशन दिनुभयाे । समितिका कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न र समितिहरुलाई पारदर्शी बनाउन पनि समितिका सभापतिहरूलाई उहाँले निर्देशन दिनुभयाे ।
समितिमा आउने विधेयकलाई छिटो भन्दा छिटो टुंग्याउन पनि सभामुखले निर्देशन दिनुभयो ।
सभामुख, उपसभामुखसहित १० वटै समितिका सभापतिसँग भएको बैठकमा समितिका कामकारबाही, विचाराधीन विधेयक लगायत विषयमा छलफल भएकाे सभामुखकाे सचिवालयले जनाएकाे छ ।
