काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूची छ ।
बैठकमा सभामुख देवराज घिमिरेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ । यसअघि भदौ १२ गते बसेको बैठकमा संसदमा गणपुरक संख्या नपुगेपछि निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन ।
राष्ट्रिय सभाको बैठक पनि आजै दिउँसो १ बजेर १ मिनेटमा बोलाइएको छ । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापतिले संविधान अनसुार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन २०८० माधि छलफल गररयोस भन्ने प्रस्ताव प्रस्ततु गर्ने कार्यसूची छ ।
