काठमाडौं । प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले जथाभाबी बोल्न लागेको भन्दै आलोचना गर्नुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै खतिवडाले निर्वाचित प्रतिनिधिलाई जिब्रोमा ब्रेक लगाएर बोल्न उहाँले आग्रह गर्नुभयो । ‘कोही आगै ओकल्छौँ, सिंहदरबार नै ध्वस्त पार्छौ भन्छौँ, कोही जाति राज्य चाहियो भन्छौँ, कोही धार्मिक स्वतन्त्रता र धर्म माथि आँच आउने काम गर्छौँ, जित्ने राजनीतिज्ञ र राज्यमा पुगेका निर्वाचित प्रतिनिधिलाई आफ्नो जिब्रोमा ब्रेक लगाएर बोलिदिन आग्रह गर्दछु’, उहाँले भन्नुभयो ।
खतिवडाले गिरीबन्धु टी स्टेटको बारेमा छानबिन गर्न पनि माग गर्नुभयो । सो विषयमा छानबिन गरी दोषी माथि कारबाही गर्नुपर्ने खतिवडाको माग छ ।
