काठमाडाैं । नेकपा एमालेका सचेतक महेश बर्ताैलाले नेपालकाे नयाँ नक्साबारे तत्काल चीनलाई कूटनीतिक नाेट पठाउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
सोमबार संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिँदै सचेतक बर्ताैलाले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएकाे नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) लाई मान्यता दिन सरकारले तत्काल चीन सरकारलाई कुटनीतिक नोट पठाउनुपर्ने बताउनुभयाे ।
चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई त्यसबारे कुटनीतिक नोट तत्काल पठाउनुपर्ने उहाँले बताउनुभयाे । आफ्नो एक ईञ्च भूमि नेपालले नछोड्ने भन्दै सचेतक बर्ताैलाले चीनलाई नक्सा सच्याउन भन्न ढिलाे गर्न नहुने बताउनुभयाे ।
