काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान कार्यान्वयसँग जोडिएका बन्न बाँकी कानुन बनाउने प्रक्रिया तत्काल थाल्न सरकारलाई रुलिङ गर्नुभएकाे छ ।
साेमबार बसेकाे राष्ट्रिय सभा बैठकमा अध्यक्ष तिमिल्सिनाले संविधान कार्यान्वयनसँग सम्बन्धित सम्पूर्ण कानुन निर्माण प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई रुलिङ गर्नुभएकाे हाे ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले तयार पारेको संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदनलाई साेमबार छलफलपछि सभाले पारित गरेकाे छ ।
साे प्रतिवेदनमाथिको छलफल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे जवाफपछि अध्यक्ष तिमिल्सिनाले आवश्यक सबै कानुन तत्काल बनाउन निर्देशन दिनुभयाे । उहाँले भन्नुभयाे - 'सुव्यवस्थित रुपमा राज्य सञ्चालन गरी सुशासन कायम गर्न, संघीयताकाे कार्यान्वयन प्रभावकारी रुपमा गर्न, कानुनी रिक्तता पूरा गर्न, संविधानकाे कार्यानव्यनलाई पूर्णता दिन संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन, २०८० मा उल्लेखित बन्न बाँकी कानुनकाे तर्जुमा गरी प्राथमिकतामा आधारमा संसद्मा पेस गर्न तथा उक्त प्रतिवेदनमा समावेश भएका अन्य सुझावहरु समेत कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशित गर्दछु, सरकारले सभाकाे याे निर्देशनलाई गम्भीरतापूर्वक पालना गर्ने नै छ ।'
संविधान जारी भएको ८ वर्ष भइसक्दा सक्दा पनि संविधानसँग सम्बन्धित १ सय ८१ वटा कानुन बन्न नसकेको प्रतिवेदन समितिले तयार पारेको थियो । संघीयता कार्यान्वयनका लागि संघले बनाउनुपर्ने ४० वटा कानुन अझै बन्न नसकेको प्रतिवेदनमा उल्लेख छ । यी कानुन बनाउने प्रक्रिया तत्काल अघि बढाउन समितिले सिफारिस गरेको थियो ।
राष्ट्रिय सभाकाे बैठक भदाै २४ गतेसम्मका लगाि स्थगित भएकाे छ ।
