काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकमा आज ४ मन्त्रीसँग सांसद्हरुको प्रश्नोत्तर हुने सम्भावित कार्यसूची छ ।
बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, अर्थमन्त्री प्रकाशशरण महत र ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्ति बस्नेतले सांसद्हरुका प्रश्नकाे जवाफ दिनेछन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन २०७८ श्रावणदेखि २०७९ असार मसान्तसम्म' पेस गर्नुहुने कार्यसूची कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
