काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बैठक बस्ने बैठकमा संविधानसभा अध्यक्ष, पूर्व सभामुख, सांसद् तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शाे प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
साेमबार राति निधन हुनुभएका नेम्वाङकाे अहिले पशुपति आर्यघाटमा राजकीय सम्मानसाथ अन्त्येष्टि गरिँदैछ ।
