काठमाडौं । प्रतिनिधि सभा बैठकले संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले उपाध्यक्ष र प्रतिनिधि सभामा संसदीय दलका उपनेता स्वर्गीय सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक व्यक्त गरेको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकले शोक प्रस्ताव पारित गरेको हो । सभामुख देवराज घिमिरेले सभामा शोक प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । शोक प्रस्ताव सर्वसहमतिले पारित गरेको छ
बैठकमा नेम्वाङको मृत आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । प्रतिनिधि सभाको अर्को बैठक शुक्रबार बस्ने गरी स्थगित गरिएको छ ।
नेम्वाङको मंलबार बिहानीपख ह्रदयघातको कारण निधन भएको थियो । उहाँको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएका छ ।
