काठमाडाैं । प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेस गर्नुभएको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।
मन्त्री गुरुङले पेस गर्नुभएकाे प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुख घिमिरेले साे प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएकाे बताउनुभयाे ।
