काठमाडौं । सभामुख देवराज घिमिरे आयरल्याण्ड प्रस्थान गर्नुभएकाे छ ।
आइरिस संसद्को तल्लो सदनडोयल एरियनका सभामुख सानओ फारगेलको निमन्त्रणामा सभामुख घिमिरे आइतबार साँझ आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गर्नुभएकाे हाे ।
सभामुख नेतृत्वकाे ३ सदस्यीय टोलीला ई संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएकाे थियाे ।
सभामुखकाे भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि सहभागी हुनुहुन्छ । आयरल्याण्डमा नेपाली राजदूतावास लण्डनका द्वितीय सचिव रामबाबु नेपाल प्रतिनिधि मण्डलमा सहभागी हुनेछन् ।
भ्रमणका क्रममा सभामुख घिमिरेले तल्लो सदनडोयल एरियनका सभामुख सानओ फारगेल र माथिल्लो सदनसिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।
सभामुख घिमिरेले आयरल्याण्डमा रहँदा आइरिस सरकारका पदाधिकारीहरु तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायसँग भेट गर्नुहुनेछ ।
सभामुख नेतृत्वको टोली असोज ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।
