काठमाडौं । आयरल्याण्ड भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरे र आयरल्याण्डका समकक्षी सानओ फारगेलबीच भेटवार्ता भएकाे छ ।
सभामुख घिमिरे र आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेलबीच बुधबार राति भेटवार्ता भएकाे हाे ।
भेटमा दुई देशका संसद्बीच संसदीय अनुभव आदानप्रदान, द्विपक्षीय सहयोग लगायत विषयमा कुराकानी भएकाे सभामुखकाे सचिवालयले जनाएकाे छ ।
फारगेलको निमन्त्रणामा सभामुख घिमिरे आइतबार साँझ आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गर्नुभएकाे थियाे । सभामुखकाे भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि सहभागी हुनुहुन्छ ।
सभामुख नेतृत्वको टोली असोज ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।
