काठमाडौं । सभामुख देवराज घिमिरे आज स्वदेश फर्कँदै हुनुहुन्छ ।
आयरल्याण्डको एक साता लामाे औपचारिक भ्रमण सकेर सभामुख घिमिरे बिहान साढे ९ बजे कतार एयरलाइन्सबाट स्वदेश फर्कन लाग्नुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।
आयरल्याण्ड भ्रमणमा क्रममा सभामुख घिमिरेले आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सानओ फारगेल, आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्स र माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग भेटवार्ता गर्नुभएकाे थियाे ।
त्यहाँ उहाँले नेपाली समुदायसँग पनि भेटवार्ता गर्नुभएकाे थियाे ।
आइरिस संसद्को तल्लो सदनका सभामुख फारगेलको निमन्त्रणामा सभामुख घिमिरे आइतबार साँझ आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गर्नुभएकाे थियाे ।
सभामुखकाे भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि सहभागी हुनुहुन्छ ।
