काठमाडौं । राष्ट्रिय सभाको बैठक ६ दिन पछाडि सारिएको छ ।
असाेज १२ गते बस्ने तय भएकाे राष्ट्रिय सभा बैठक असाेज १८ गतेका लागि सारिएकाे संघीय संसद् सचिवालयले मंगलबार सूचनामार्फत जानकारी दिएकाे छ ।
असोज १२ मा विशेष कारणवश बैठक बस्न नसक्ने भएकाले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असाेज १८ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बस्ने गरी तोक्नुभएकाे सूचनामा उल्लेख छ ।
