काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वचालित मूल्य प्रणाली अर्थात् अटोमेसन भनेको आयल निगमको एकाधिकार नभएको बताउनुभएकाे छ ।
आइतबार बसेकाे प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्वचालित मूल्य प्रणाली अर्थात् अटोमेसन भनेको आयल निगमको एकाधिकार नभएकाे बताउनुभयाे । निगमले आफ्नो जानकारीबेगर पेट्रोलियम पदार्थको मूल्य बढाएकाे समेत उहाँले बताउनुभयाे ।
आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकबाट आफूले मूल्यवृद्धिफिर्ता गर्न निर्देशन दिएको र सोहीअनुसार मूल्यवृद्धि पुरानै मूल्यमा यथावत् राखिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयाे ।
सुन तस्करी काण्डकाे अनुसन्धानका लागि उच्च अदालतका पूर्व न्यायाधीश डिल्ली राज आचार्यको अध्यक्षतामा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा पूर्व सहसचिव किशोरजंग कार्की र प्रेम राज जोशी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय भएकाे जानकारी पनि उहाँले दिनुभयाे ।
