काठमाडाैं । सांसद् अञ्जनी श्रेष्ठले महंगी, भ्रष्टाचार र विचाैलियाहरुकाे चलखेल बढेकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् श्रेष्ठले महंगी, भ्रष्टाचार र विचाैलियाहरुकाे चलखेलले चुलाे चाैकाे चल्न छाेडेकाे भन्दै आपत्ति जनाउनुभयाे ।
सरकार कहाँ छ भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयाे - 'महंगी भ्रष्टाचार र विचाैलियाहरुकाे चलखेलले चुलाे चाैका चल्न मुस्किल भइसक्याे, याे सरकार कहाँ छ ? दशैं तिहार नजिकिँदैछ महंगी न्यूनीकरण गर्नेतर्फ सरकारकाे ध्यानाकर्षण गराउन सभामुखमार्फत अनुराेध गर्न चाहान्छु ।'
चितवनकाे हाइवे सडक निर्माणकाे गति बढाउन र कहिलेसम्म निर्माणसम्पन्न हुन्छ भन्ने जानकारी गराउन पनि सांसद् श्रेष्ठले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
शिक्षकहरुसँग भएकाे सहमति कार्यान्वयन भयाे कि भएन भन्नेबारे सदनलाई जानकारी गराउन उहाँले सम्बन्धित मन्त्रीकाे पनि ध्यानाकर्षण गराउनुभयाे ।
