काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले सरकारले खेलाडीहरूलाई पुरस्कार दिन बिर्सेको बताउनुभएकाे छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले खेलाडीहरूलाई सरकारले आश्वासन दिएको तर पुरस्कार रकम नदिएकाे बताउँदै सरकारले खेलाडीलाई सधैं आश्वासन मात्र देखाएकाे बताउनुभयाे ।
‘खेलाडीको पुरस्कार रकम १७ लाख पुगिसकेको छ । तर, सरकारले २ रुपैयाँ पनि खेलाडीलाई दिन सकेकाे छैन’ उहाँले भन्नुभयाे ।
‘नेपाली क्रिकेट टीमले आज पनि भारतविरुद्ध शानदार खेल खेले, बधाई दिन कसैले बिर्सेन होला, पुरस्कार दिन सरकारले बिर्सेको छ । सरकारले बिर्सेको कुरा पटक–पटक संसद्मा उठाउँदा मलाई लाज लाग्यो,’ सांसद शाहले भन्नुभयाे, ‘ठेकेदार, दलाल र बिचौलियाको भए अग्रिम भुक्तानी दिन्थ्यो होला, खेलाडीको दिएन ।’
