काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गैरजिम्मेवार रहेकाे बताउनुभएकाे छ ।
मंगलबार प्रतिनिधि सभा बैठककाे विशेष समयमा बोल्दै उहाँले कांग्रेस नेतृत्वको गठबन्धन त्यसयता माओवादी केन्द्र नेतृत्वको सरकार पूर्ण रुपमा गैरजिम्मेवार बनेका बताउनुभयाे। 'सरकार चरम गैरजिम्मेवारी, स्वच्छाचारी र विकास विरोधी देखिएका छन्’, उहाँले भन्नुभयाे ।
विकास आयोजना रोकिएको र काम सकिएका याेजनाकाे भुक्तानी पनि सरकारले नदिएकाे उहाँले बताउनुभयाे ।
