काठमाडाैं । मुस्कान खातुनलाई एसिड आक्रमण गर्ने व्यक्तिलाई छाडेकोमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाउनु भएकाे छ ।
मंगलबार प्रतिनिधि सभा बैठककाे विशेष समयमा बोल्दै अध्यक्ष ओलीले एसिड पीडित मुस्कानकाे अझै उपचार भइरहेकाे र घाउ पनि निकाे नभएकाे अवस्थामै दोषीलाई छोडेकाे भन्दै आपत्ति जनाउनुभएकाे हाे ।
एसिड पीडितलाई न्याय दिन आफूले अध्यादेशबाट कानुन बनाए पनि कानुनकाे पालना नगरिएकाे उहाँकाे भनाइ थियाे ।
‘कानुन त कडा बनाएको हुँ, महिला खुसी भएका थिए,’ उहाँले भन्नुभयाे- ‘तर अहिले एसिडपीडित मुस्कान खातुन उपचारमा रहेकै बेला माफी दिइएको छ । अहिले मुस्कान पेटको मासु काटेर घाउको उपचाररत छिन्। यता सरकार अपराधीलाई आधा सजाय नहुँदै माफी दिन्छ।’
