काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘जनयुद्ध दिवस’ भनेर फागुन १ मा दिइएको सार्वजनिक बिदा फिर्ता लिन सरकारलाई अल्टिमेटम दिनुभएकाे छ । आगामी मन्त्रिपरिषद्काे बैठकबाटै बिदा फिर्ता नलिए माओवादीले युद्ध त्यागेको छैन भन्ने प्रष्ट हुने उहाँले भन्नुभयाे ।
मंगलबार प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै एमाले अध्यक्ष ओलीले आफूहरुको विरोधका बाबजुद सरकारले फागुन १ लाई जनयुद्ध दिवस घोषणा गरेको बताउनुभयाे ।
२०७९ सालको माघ २९ गते बसेको मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवस भनेर सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
